अपि पावरको नाफा २४५ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि दाेब्बर बढीकाे वृद्धि

  २०७७ माघ १३ गते ११:१७     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २४५ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४ करोड १४ लाख रुपैयाँ मात्र नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन रकमका आधारमा १० करोड १७ लाख रुपैयाँ बढी हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार विद्युत बिक्रीबाट २४ करोड १९ लाख रुपैयाँ र अन्य श्रोतबाट ६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ५० लाख रुपैयाँ र अन्य श्रोतबाट १४ लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

१ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २९ करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । जगेडा कोषको रकम गत आवको दोश्रो त्रैमासको तुलनामा १५.७ प्रतिशतले बढेको हो ।

प्रतिसेयर आम्दानी २.१३ गुणाले बढेर १४.८४ रुपैयाँ पुगेको छ । जबकी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ६.९६ रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.७१ रुपैयाँबाट बढेर ११५.३९ रुपैयाँ पुगेको छ ।

कम्पनीले यसै आर्थिक वर्ष भित्र ४ मेगावाट क्षमताको चन्द्रनिगाहापुर सोलार आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको छ । साथै, दार्चुला जिल्लामा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निमार्ण कार्य करिब ३० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । कम्पनीले उक्त ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना २०७९ साल कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी द्रुत गतिमा कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार

अपि पावरका सेयरधनीले माघभित्रै २ वर्षको बोनस र हकप्रद सेयर पाउने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.