ढकाल भर्सेज प्रधानः वस्तुगततर्फ बराबर सदस्य विजयी, जित्ने सम्भावना कसको बढी ?

  २०७७ मंसिर १३ गते २१:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि शनिवार भएको निर्वाचनमा वस्तुगत सदस्यतर्फ कडा प्रतिस्पर्धा देखिएकाे छ । १४ सदस्यीय प्रतिस्पर्धामा दुबै प्यानलबाट ७/७ जना निर्वाचित भएका छन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानलका वस्तुगत उपाध्यक्ष उमेशलाल प्रधान समूहबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल,  आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता, निर्वाचित भएका छन्।

यस्तै, किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्।

१४ पदमा लागि भएकाे निर्वाचनमा २८ जनाले उम्मेदवारी दिएका थिए । खसेको कुल १०५ मतमध्ये २ वटा बदर भएको थियो भने १०३ मत सदर भएकाे छन् । सबैभन्दा धेरै मत नरेशलाल श्रेष्ठले पाएका छन् । उनले ७२ मत पाएका छन् । त्यस्तै आकाश अधिकारीले सबैभन्दा कम ४९ मत पाएर विजयी भएका छन् ।

यस्ताे छ नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.