व्याचलरकाे ४ वर्षे काेर्स अब ६ महिनामा, वार्षिक १ कराेडकाे जागिर पनि

<p>काठमाडौं । गुगलले भर्खरै उच्च शिक्षा र रोजगारीसँग सम्बन्धित निकै ठूलो घोषणा गरेको छ । गुगलले आफ्नै प्रोफेसनल कोर्सलाई ल्याउने तयारी गरेको घोषणा गरेको छ । यसले उच्च शिक्षाको भविष्यलाई नै परिवर्तन गर्न सक्ने देखिन्छ । ‘गुगल करियर सर्टिफिकेट’ नाम दिईएको यस कोर्सेले मानिसहरुलाई काममा चाहिने सीपहरु सिकाई तत्काल काम खोज्नलाई मद्दत गर्नेछ । गुगलले [&hellip;]</p>

काठमाडौं । गुगलले भर्खरै उच्च शिक्षा र रोजगारीसँग सम्बन्धित निकै ठूलो घोषणा गरेको छ । गुगलले आफ्नै प्रोफेसनल कोर्सलाई ल्याउने तयारी गरेको घोषणा गरेको छ । यसले उच्च शिक्षाको भविष्यलाई नै परिवर्तन गर्न सक्ने देखिन्छ ।

‘गुगल करियर सर्टिफिकेट’ नाम दिईएको यस कोर्सेले मानिसहरुलाई काममा चाहिने सीपहरु सिकाई तत्काल काम खोज्नलाई मद्दत गर्नेछ । गुगलले पराम्परागत विश्वविद्यालयको ४ वर्षे व्याचलर डिग्रीलाई तोड्दै यसलाई ६ महिनामा पूरा हुने कोर्स बनाएको छ ।

ट्विटरमा गुगलको गोल्कल अफेयरका वरिष्ठ उपाध्याक्ष केन्ट वालकर लेख्छन्, ‘धेरै अमेरिकीहरुको पहुँचमा कलेज डिग्री छैन र आफू आर्थिक रुपमा सक्षम हुनलाई ४ वर्षे कलेज डिग्रीको सर्टिफिकेट आवश्यक छैन । हामीलाई अमेरिकाको सुधार र निर्माण गर्नको लागि सबैले सजिलै सबैको पहुँचमा पुग्ने रोजगारका तालिम र अनलाईन कक्षाहरु संचालन गर्नुृपर्छ ।’

उनी ट्विटरामा थप लेख्छन्, ‘हामी यी सबै व्यक्तिहरुलाई ४ वर्ष कलेज डिग्रीको बराबर सिकाउनेछौं ।’

गुगलले सो कोर्सेको लागि कति शुल्क लाग्छ भनेर नखुलाए पनि गुगलद्धारा संचालित यस्तै कोर्सको लागि भने यसले प्रत्येक महिना एकजना विद्यार्थीसँग ४९ डलर लिइरहेको छ, जुन नेपाली ५ हजार ७ सय ८२ पर्न जान्छ । त्यसैलाई आधार मानेर शुल्कको हिसाब गर्ने हो भने ६ महिनामा यस कोर्से गर्नको लागि ३ सय डलरभन्दा कम अर्थात नेपाली ३५ हजारको हारहारिमा यो कोर्स पुरा हुने देखिन्छ ।

४ वर्षे काेर्ष पढ्न विद्यार्थीले कितावमा खर्च गर्ने रकम भन्दा कममा ६ महिनाकाे काेर्स पढ्ने अवसर सिर्जना भएकाे छ ।  गुगलले यस नयाँ कोर्सको लागि १ लाख बराबरको छात्रवृति पनि छुट्टयाउने बताएको छ ।

सर्टिफिकेट लिउ र काम निश्चित

उच्च शिक्षाको सबैभन्दा बढि आलोचना भएको पक्ष भनेको विद्यार्थीहरुलाई यसले कार्यस्थलमा चाहिने वास्तविक सीपहरु सिकाउँदैन र विद्यार्थीहरु वर्षौसम्म कलेजमा बुझाएकाे पैसाकाे ऋण तिरेर बस्नुपर्ने अवस्था हुन्छ ।

तर, गुगलको अनुसार यो कोर्स पढ्नको लागि कलेजमा पर्ने १ प्रतिशत पनि शुल्क पर्दैन र विद्यार्थी काम गर्न सक्षम हुनेछ । गुगल करियर सर्टिफिकेट लिएपछि जागिर निश्चित भएकाे गुगलले जनाएकाे छ ।

गुगल करियर सर्टिफिकेट लिएपछि पाइने कामकाे मध्यम तहकाे तलव पनि गुगलले घाेषणा गरेकाे छ । प्राेजेक्ट म्यानेजरले  वार्षिक ९३ हजार अमेरिकी डलर पाउने छ । जुन नेपाली रूपैयाँमा वार्षिक १ कराेड १० लाख रूपैयाँ भन्दा बढी हुन्छ । त्यस्तै,  यूएक्स डिजाइनरले वार्षिक ७५ हजार र डाटा विश्लेषण गर्नेले वार्सिक ६६ हजार अमेरिकी डलर पाउन सक्ने छ ।

‘गुगल करियर सर्टिफिकेट लिएकाे भए पुग्छ ।अरू कुनै डिग्ग्री वा अनुभव खाेजिनै छैन’ गुगलले जनाएकाे छ । गुगल, वालमार्ट,  बेष्ट वाइ, इन्टेल, बैंक अफ अमेरिका, हुलु लगायत कम्पनीकाे जागिर पाउन सकिने उसले जनाएकाे छ । यस बाहेकका क्षेत्रमा राेजगारी खाेज्न पनि गुगलले मद्दत गर्ने गुगलले जनाएकाे छ ।

यसअघि २०१८ मा गुगलले संचालनमा ल्याएको गुगल आईटी सर्टिफिकेट प्रोग्राम पनि एक निकै चर्चित अनलाईन कोर्स हाे । जसबाट हजाराैले राेजगारी पाएकाे र कमाइ वृद्धि गरेकाे उसकाे भनाइ छ ।

Share News