शेखर र चण्डिराजबीच फेरि घोचपेच, हार्ने त्रासले चुनाव सार्न खोजेको आरोप

  २०७७ साउन ७ गते १०:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावको मिति नजिकदै गर्दा जिम्बेवार व्यक्तिबीच घोचपेच र आरोप प्रत्यारोप बढ्दै गएको छ ।

मंगलबार वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले प्रतिकूल अवस्थाका कारण महासंघको निर्वाचन चुनौतिपूर्ण बन्दै गएको बताएका छन् । त्यसको जवाफमा विशिष्ट सदस्य चण्डिाराज ढकालले निर्वाचनमा हार्ने त्रासले महासंघको जिम्मेवार व्यक्तिहरु निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।

‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् ।

त्यसपछि महासंघको कार्यसमिति सदस्यहरुको ग्रुपमा गोल्छालाई इंग्गित चण्डिराज ढकालले लेख ‘केही साथीहरु चुनावबाट भाग्न खोजिरहेका छन् । सरकारी निर्णय कुनै आएको छैन तर भ्रामक प्रचार गरेर निर्वाचतलाई पर धकेल्न खोज्दैछन ।’

उक्त ग्रुपमा मंगलबार दिनभर गोल्छा र ढकालको भनाईको पक्ष विपक्षमा टिकाटिप्पणी भएको छ ।

उपाध्यक्ष किरोश प्रधानमा अनुसार दुई साता अघि महासंघको नेतृत्वले मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर प्रस्तावित मिति साउन २६ र २७ गते महासंघको साधारण सभा आयोजना गर्न स्वीकृति माग गरेको थियो ।

त्यसको जवाफ नआएपछि गत आईतबार महासंघको नेतृत्वले कोरोना भाइरस संक्रमण रोगथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर महासंघको साधारणसभा तथा निर्वाचन गर्न आयोजना गर्न अनुमति माग गरेको थियो ।

त्यसपछि बसेको मन्त्रिपरिषद्को बैठकमा महासंघको प्रस्ताव नै नगएपछि शेखर गोल्छाले निर्वाचन अनिश्चित बनेको संकेत गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय मंगलबार सार्वजनिक भएको छ । त्यसमा चैत ११ देखि लागू लकडाउन साउन ७ गतेदेखि खुला गरिएको छ । तर सभा, सम्मेलन, सेमिनार, गोष्ठी, तालिम जस्ता कार्यक्रम अर्को सूचना मार्फत मिति घोषणा गरेपछि मात्र खुला गर्ने भनिएको छ ।

सरकारी निर्णयले अहिले पनि महासंघको निर्वाचन अनिश्चित बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.