ठमेलका व्यवसायीले घरधनीलाई फकाएरै छोडे, घरबेटीले गरे भाडा छुटको घोषणा

  २०७७ साउन १ गते १९:०१     सन्ताेष राेकाया

काठमाडौं । लामो समयदेखि ठमेलका घरधनी र पर्यटन व्यवसायीहरु बीच भएको विवाद समाधान भएको छ । सरकारले घरधनीहरुलाई घरभाडामा बसेकाहरुलाई छुट दिन घरधनीलाई आग्रह गरेदेखि उत्पन्न विवाद अहिले समझदारीको रुपमा देखा परेको छ ।

ठमेल क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको कारण उत्पन्न लकडाउनमा व्यापार नहुँदा आर्थिक संकटमा परेको बताउँदै पटक-पटक घर भाडा छुटको आवाज उठाउँदै आएका थिए भने त्यसलाई त्यहाँका घरधनीहरुले वेवास्ता गर्दै आएका थिए ।

यसभन्दा अगाडि पनि ठमेलका व्यवसायीहरुले घरधनी र व्यवसायीहरुबीच भाडा छुट गर्ने विषयमा समझदारी भयो भन्ने खालका धारणा  व्यवसायीले राख्दै आएपनि घरधनीहरु भने त्यसको विरोध अर्थात आफुहरुले उनी हरुले भने अनुसारको छुट दिन नसक्ने बताइरहेका थिए ।

तर, अन्तत ठमेल क्षेत्रका घरधनी र व्यापारीहरुबीच घरभाडा छुट गर्ने समझदारी भएको छ । ठमेलका घरधनी र व्यापारीहरुले बिहीबार ठमेलमै पत्रकार सम्मेलन गरेर घर भाडा छुट दिने घाेषणा गरेका छन् ।

यसभन्दा अगाडि त्यस क्षेत्रका व्यवसायीहरुले घरधनीहरुलाई ६ महिनाका लागि ५० प्रतिशत घरभाडा छुट गर्न आग्रह गरिहरेका थिए । तर, अहिले दुवै पक्षको समझदारी अनुसार घरबेटीले भाडामा बस्नेलाई आपसी सहमति अनुसार भाडा छुट दिन सक्ने गरी समझदारी गरेका छन् ।
ठमेलका घरधनी तेजेन्द्रनाथ श्रेष्ठले घरधनी र व्यवसायीहरुले आवपसी सहमतिमा भाडा छुट गर्न सक्ने बताएका छन् ।

उनका अनुसार कुनै पनिज मापदण्ड निर्धारण नगरिकन घरधनी र व्यवसायीबीच सहमति जति भयो त्यही हिसावले भाडा छुट हुने उनले बताए । उनले ठमेल क्षेत्रमा ७ हजारभन्दा बढी व्यवसायी भएकोले घरधनीले छुट दिँदा धेरै व्यवासायीलाई राहत हुने उनको भनाई छ । ठमेल क्षेत्रमा ३÷४ खर्ब लगानी रहेकोले यस क्षेत्रलाई बचाउनको उद्धेश्यले नै व्यवसायीलाई छुट दिएको उनको भनाई छ ।

यस्तै, अर्का धरधनी योगराज भण्डारीले अहिले घरधनी र व्यवसायीबीच ९५ प्रतिशत समस्या समाधान भएकोले घरधनीले चाहे अनुसार जति प्रतिशत पनि भाडा छुट दिन सक्ने बताए । सबैका आ–आफ्नै समस्या भएकोले ती समस्याहरुको समाधानका लागि सबै व्यवसायी र घरधनीहरुबीच एक्येबद्धता हुनु पर्ने उनको भनाई छ ।

ठमेल पर्यटन विकास परिषद्मा परिषद्का उपाध्यक्ष तथा एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले आफुहरुले १ वर्षका लागि ५० प्रतिशतसम्म घर भाडा छुट दिन आग्रह गरेपनि घरधनी र व्यवसायीको सहमति अनुसार अब भाडा छुट गर्न लिन दिन सकिने बताए ।

कोरोना भाइरसको कारण धेरै व्यवसाय बन्द अवस्थामा रहेकोले सबै घरधनी र व्यवसायीको समझदारीमा ठमेल क्षेत्र बचाउने किसिमले भाडा छुटको सहमति हुने उनले बताए । यो सँगै ठमेल क्षेत्रका घरधनी र व्यवसायीहरुले घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेका छन् ।

अहिले कोरोनाका कारण सबैभन्दा बढी पर्यटक आउने ठमेल क्षेत्र सुनसान छ भने धेरै व्यवसायीहरु पनि त्यहाँबाट पलायन भइसकेको अवस्था छ । पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन व्यवसायी र घरधनीहरुले सरकारसँग राहतको माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.