सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो । बिहीबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँ र चाँदी चार हजार २३५ रुपैयाँ निर्धारण भएको छ ।

बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।  एक तोला चाँदीको मूल्य चार हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार एक तोला सुन दुई लाख ८७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ५९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंसत तीन हजार ९९९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।    

Share News