बैंकका कर्मचारीले ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म हिड्न पाउने

  २०७७ वैशाख २७ गते ९:२९     विकासन्युज

काठमाडौं । बैंक तथा बित्तीय संस्थाका कर्मचारी ९ देखि साढे ११ र साढे ३ देखि ५ बजेसम्म मात्र हिड्न पाउने भएको छ ।

सरकारले लकडाउनको समयमा पनि संचालन गर्ने ४४  प्रकार उद्योग तथा सेवा भित्र पर्ने बैंकिङ सेवालाई सिमित कर्मचारी राखेर सूचारु गर्न यस्तो निर्णय गरिएकाे हो । साे निर्णयमा जम्मा कमर्चारीकाे एक तिहाइ मात्र  कर्मचारी कार्यालयमा उपस्थित हुन पाउने व्यवस्था रहेकाे छ । कर्मचारीका लागि कार्यालय जान र फर्किनका लागि उक्त समय छुट्याइएकाे महानगरीय प्रहरी महाशाखाले जनाएकाे छ ।

त्यस्तै विकास निर्माण सम्बन्धि सामग्री बोक्ने ठूलो सवारी राती ८ देखि विहान ६ बजेसम्म चल्न पाउने भएको छ । उपत्यकाका तीन जिल्लामा चल्ने सवारी साधनको कार्ययोजना सहित सहजीकरण गर्ने टुङ्गो भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सरकारले उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने निर्णय गरेसँगैसम्बन्धित सवारी आवागमनका लागि आवश्यक तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

सरकारले उपत्यकाको सबै नाकामा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ भने सभासमारोह, सार्वजनिकस्थल, धार्मिकस्थल, खेलकुद, होटल, सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

सम्बन्धित समाचार :

खोल्ने भनिएका ४४ प्रकारका उद्योग प्रतिष्ठानका कर्मचारीले यहाँ र यसरी पाउँछन् पास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.