ज्योति ग्रुपका मालिक रुप ज्योति पक्राउ

  २०७६ कार्तिक २१ गते २२:४०     विकासन्युज

काठमाडौं । नेपालकाे पुरानाे व्यवसायिक घराना ज्योति ग्रुपका  उपाध्यक्ष डा. रुप ज्योति पक्राउ परेका छन् । उनी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेकाे बेलामा अर्थ राज्यमन्त्री समेत भएका थिए ।

रुप ज्योतिलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार सिंगापुरबाट सिल्क एयरमा आएका  ज्योतिलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनलाई विमानस्थलबाट महानगरीय प्रहरी परिसर काठमाडौं लगिएको छ ।

जग्गा कारोबारमा ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले स्पष्ट खुलाएको भने छैन । ल्यान्डमार्क हाउजिङका नाममा ठगी गरेको आरोप उनलार्ई लागेको छ ।

केही समयअघि जिल्ला अदालत काठमाडौंले ज्योति विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला अदालतको पक्राउ पुर्जीलाई चुनाैति दिदै उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले जिल्ला अदालतको निर्णय सदर गरेपछि ज्योतिलाई पक्राउ गरिएकाे प्रहरी स्राेतले बतायाे ।

जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा  नै ज्याेतिलाइ पक्राउ गर्न अनुमति दिएको थियो । तर उनले २०७५ मंसिर २४ गते सर्वोच्चबाट अन्तरिम आदेश लिएका थिए ।

सर्वोच्चले जिल्ला अदालत काठमाडौंको आदेश सदर गरेपछि उनलाई पक्राउ गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूप ज्योतिको निषेधाज्ञा सम्बन्धी रिट खारेज गरिदिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.