नाडा अटो शोः २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने, मूल्य कति ?(सूची सहित)

  २०७६ भदौ ९ गते १४:३९     राजाराम न्यौपाने


काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा मंगलबारदेखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’  हुँदैछ । भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा हुने उक्त अटो शोमा चार पाङ्ग्रे र २ पाङ्ग्रे २१ प्रकारका नयाँ सवारी साधन सार्वजनिक हुने भएको छ । १३ प्रकारका कार, ६ प्रकारका बाईक र २ प्रकारका स्कुटर सार्वजनिक गर्ने अटो कम्पनीहरुले जनाएका छन् ।

नाडा अटो शोमा नयाँ कार
फोर्डले १५ सय सीसीको इको स्पट फन्डबर कार सार्वजनिक गर्दैछ । उक्त कारको मूल्य भने मंगलबार नै सर्वजनिक हुने भएको छ ।

जीपले अफरोड फोकस्ड एसयूभी सार्वजनिक गर्नेछ । जीपको मूल्य भने सर्वजनिक गरिएको छैन ।

निसान कम्पनीको १५ सय सीसीको किक्सस फुल अप्सनको कार सार्वजनिक हुँदैछ भने सो कारको मूल्य ६५ लाख २५ हजार तोकिएको छ ।

यता, टाटाले एच फाइभ कार सार्वजनिक गर्ने भएको छ । २ हजार सीसीको सो कारको मूल्य ६० लाख ८५ हजार निर्धारण गरिएको छ ।

महिन्द्राले यसवर्षको नाडा अटो शोमा एक्सयूभी ३०० र एमपीभी मराजो सार्वजनिक गर्दैछ, उक्त कारको मूल्य भने शोमा नै सर्वाजनिक हुने छ ।

रेनल्टले पनि १ हजार सीसीको टाइभर कार सार्वजनिक गर्ने भएको छ । मूल्य भने शोमा नै सार्वजनिक गरिने छ ।

टोयोटाले क्याम्ब्री र र्याभ फोर हाइब्रिड कार सार्वजनिक गर्ने भएको छ । क्याम्ब्रीको १ करोड ३० लाख र र्याभ फोर हाइब्रिड कारको १ करोड ३४ लाख मूल्य तोकेको छ ।

फक्सवागेनले पनि २ हजार सीसीको टेक्वान अलस्पेस कार शोमा सार्वजनिक गर्ने भएको छ । सुजुकीले एर्टिगा, सियाज र स्क्रस हाइब्रिड कार शोमा सार्वजनिक गर्ने भएको छ ।

नयाँ बाइक कुन-कुन सार्वजनिक होलान ?
बेनेलीले बेनेली लिएन सिनो २५० सीसी र टीआरके २५१ सीसीको बाइक सार्जजनिक गर्ने छ ।

हिरोले २०० टी बाइक ल्याउने भएको छ ।

केटीएमको १२५ सीसीको ड्युक बाइक सार्वजनिक हुँदैछ भने मूल्य अटो शोमा नै सर्वाजनिक हुने छ ।

टिभिएसले ११० सीसीको रिडियन र १६० टुभी आपाजी सार्वजनिक गर्ने भएको छ । मूल्य क्रमशः १ लाख ८९ हजार ९ सय र २ लाख ६४ हजार ९०० तोकिएको छ ।

कस्ता स्कुटर सार्वजनिक हुन्छन् ?
एनआयूको एनजीटी इलेक्ट्रोनिक स्कुटर सार्वजनिक हुने भएको भएको छ । सो स्कुटरको मूल्य ४ लाख २५ हजार तोकिएको छ ।

हिरोले प्लेजार प्लस स्कुटर सार्वजनिक गर्ने जनाएको छ ।

यी कम्पनी सहभागी हुँदैछन्
यसवर्षको नाडा अटो शोमा चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होण्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान, बीवाईडी र दाय कम्पनी सहभागी हुने भएका छन् ।  दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली भेस्पाको सहभागिता रहने छ ।

फाइल फोटो

सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.