होटल मेरियटको व्यवस्थापन अमेरिकी ब्राण्डलाई, ‘रिस्क लिन चाहिन’: शशीकान्त अग्रवाल

  २०७६ साउन ८ गते १०:४८     नरेन्द्र रौले

काठमाडौं । नक्साल, नागपोखरीबाट केही पाइला दक्षिणतिर अघि सार्दा बायाँ तिर ठडिएको काठमाडौं मेरियट होटलमा ठ्याक्कै नजर पर्छन् । २० वर्षपछि काठमाडौंमा थपिएको यो पाँच तारे होटल १३ रोपनीमा फैलिएको छ । यहाँभित्र पसेपछि विदेशको कुनै सुविधा सम्पन्न होटलभित्र छु कि जस्तो भान हुन्छ । नहोस् पनि किन हस्पिटालिटी क्षेत्रमा संसारमै अब्बल म्यानेजमेन्ट ठानिएको अमेरिकन कम्पनी मेरियट इन्टरनेशनलले यसको व्यवस्थापनको जिम्मा लिएको छ ।

मेरियट इन्टरनेशनल त्यही अमेरिकन चेन ब्राण्ड कम्पनी हो, यस अन्र्तगत संसारभर ७ हजार होटलहरू संचालित छन् । एमएस ग्रुप र मेरियट इन्टरनेशनलबीच बीस वर्षका लागि सम्झौता भएको हो । नेपालमा चिनी र हाउजिङ लगायतका व्यवसायमा हात हालेको एमएस समूहले चार अर्बको लगानीमा काठमाडौं मेरियट होटल शुरु गरेको हो । जसका अध्यक्ष हुन्, शशीकान्त अग्रवाल । एमएस ग्रुप अन्र्तगतको एभरेष्ट हस्पिटालिटी ग्रुपले साढे २ वर्षअघि ठमेलमा फेयरफिल्ड होटल पनि सञ्चालनमा ल्याएको थियो ।

अहिले भने काठमाडौं मेरियट होटलकै प्रसंगमा फर्कौं । शहरको भीडभाडबीच ठडिएको यो भव्य १३ तले होटलभित्र आकर्षक पेन्टिङ, पानीका फोहरा, ठूलो घण्टा देख्न सकिन्छ । जम्मा २ सय १४ वटा कोठा भएको यो पाँच तारे होटल हो । र गएको नयाँ वर्ष वैशाख १ मा सफ्ट लन्च गरिएको हो । होटलमा १ सय ९३ डिलक्स रुम, २० वटा स्वीट रुम, एउटा प्रेसिडेन्सियल रुम छन् । होटलका विशेषताका वारेमा सञ्चालक शशीकान्त अग्रवाललाई भन्छन् ‘लोकेसनका हिसाबले यो होटल सबैभन्दा उपयुक्त स्थानमा रहेको छ ।’

सोल्टी र हयात जस्ता होटलमा मानिसहरूको चाप रहेको र त्यहासम्म मानिसहरु पुग्न नरुचाउने अग्रवाल तर्क अघि सार्छन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट यो होटल खासै टाढा नरहेकाले विदेशी पर्यटकहरुको रोजाइमा पर्ने बताए । यसबाहेक होटलभित्रै जिम, स्पा, ब्यांकेट, स्विमिङ पुल, बेकरी, ब्युटी पार्लर, एरोबिक रुम, रेस्टुराँ, बार, क्याफेटेरिया, सैलुन, टेलिफोन बुथ, लन्ड्री रुम, क्यासिनो लगायतका सुविधा उपलब्ध छन् । केही समयपछि जिम क्लवमा भने सर्वसाधारणका लागि खुल्ने छ ।

२ सय १४ वटा कोठा रहेको काठमाडौं मेरियटभित्र एउटा प्रेसिडेन्सियल रुम छ । यो रुम विदेशी राष्ट्र प्रमुखहरुलाई लक्षित गर्दै बनाइएको हो । जुन प्रयोग गरेवापत एक दिनकै साढे २ लाख रुपैंया“ तिर्नुपर्छ । ‘तर पैसा तिर्ने हो भने जो कोही यो रुममा बस्न सक्छन् ।’ सञ्चालक अग्रवालले सुनाए ‘प्रेसिडेन्सियल रुमले ८ वटा कोठा बन्ने स्थान ओगटेको छ ।’ यो बाहेक अरु कोठाको भने १४ हजार देखि १ लाख रुपैंया“ रेट तोकिएको छ । डिलक्स रुमका १५ हजार र सुइट रुमका लागि पचास हजार रुपैंया“ शुल्क तोकिएको छ ।

सञ्चालक अग्रवालका अनुसार काठमाडौं मेरियट होटलमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बेग्ला–बेग्लै रेट तोकिएको छ । लक्षित बजार यही नै हो भन्ने निश्चित त छैन । खर्च गर्न सक्ने जो कोही यो होटलमा खान, बस्न सक्छन् । यस पाँचतारे होटलले अबको ढेड महिनासम्म सञ्चालन हुने एक्सप्रेज भोज अफर ल्याएको छ । नेपालको स्थानिय बजारलाई लिक्षत गरेर यो प्याकेज ल्याएको हो । १ हजार रुपैंया“ तिरेपछि विभिन्न खानाका परिकारहरूको स्वाद लिन सकिन्छ ।

एमएस ग्रुपले चार अर्ब लगानीमा यो होटल सञ्चालन गरेको हो । सञ्चालक अग्रवालले निजी ८० करोड रुपैंयाँ र बाँकी बैंकबाट ऋण लिएर होटलमा लगानी गरेका हुन् । यो प्रोजेक्टको सूरुवात चार वर्षअघि भएको हो । ब्रेक इभनमा पुग्न ३ देखि ४ वर्ष लाग्ने उनले अनुमान गरेका छन् । ‘केही राम्रो होला भन्ने आशा छ ।’ अग्रवालले कफीको चुस्की लिदै सुनाए ‘दुई वर्षमा पुग्छौं कि भन्ने आशा छ ।’

नेपालमा आफैले व्यवस्थापनको जिम्मा लिएका मल्ल होटल, सांग्रिला होटल, याक एण्ड यति लगायतका अन्यले पनि राम्रै गरिरहेका छन् । पर्यटन क्षेत्रमा एमएस गु्रप नयाँ भएकाले आफैले रिस्क लिन नचाहेर मेरियट इन्टरनेश्नललाई जिम्मा दिइएको अग्रवालले सुनाउँछन् । आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् । होटलको आर्किटेक्ट, इन्टेरियर डिजाइन लगायत कामको जिम्मेवारी मेरियट इन्टरनेशनलले लियो भने सिई कन्सट्रक्सनले होटल निमार्ण जिम्मा लियो ।

आफैमा ख्याती कमाइसकेको, अन्तर्राष्ट्रिय ब्राण्ड मेरियट इन्टरनेशनलाई म्यानेजमेन्टको जिम्मा दिएपछि अग्रवाल ढुक्क छन् ।

होटलको लबिमा बसिरहँदा नेपालको कला, संस्कृति झल्किने खालका पेन्टिङहरु सजाइएका छन् । १३ तले होटलका कोठाहरुबाट समेत काठमाडौंलाई नियाल्न सकिन्छ । उपत्यकाका डाँडाकाँडा र यहाँबाट देखिने हिमश्रृंखला नियाल्नुको मजा अर्कै छ । यो होटलले २ सय २० जनालाई रोजगारी दिलाएको छ । सञ्चालक अग्रवालले अझ त्यो संख्या विस्तार गरेर २ सय ८० जना पुर्याउने लक्ष्य राखेका छन् ।
मेरियट होटलको मेनुमा कन्टिनेन्टल फुडका साथै चाइनिज, जापनिज नेपाली परिकारहरु उपलब्ध छन् । एकै पटक १ हजार जनालाई खाना सर्भ गर्न सक्ने क्षमता छ होटलसँग ।

अहिले १ सय ६० वटा गाडी पार्किङ गर्न सकिने मेरियटमा अबको दुई, तीन महिनाभित्र थप १ सय ५० गाडी पार्किङ गर्न सकिनेछ । यसले गर्दा गाडी पार्किङको समस्याबाट मुक्ति मिल्नेछ । यो होटलले नेपालमै पहिलो पटक हाइड्रोलिक पार्किङको सिस्टम ल्याउ“दैछ । अग्रवालका अनुसार त्यसका लागि चार, पाँच करोड रुपैंयाँ खर्चिनुपर्ने छ । ‘प्यासन नभई कुनैपनि व्यापार चल्दैन ।’ उत्साहित हुँदै अग्रवाल सुनाए । उनमा झल्किएको आत्मविश्वासले पनि देखाउथ्यो, अग्रवाल आक्रमक रुपमा हस्पिटालिटी क्षेत्रमा समर्पित भएर लाग्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.