२०७५ जेठ २५ गते १७:०७ विकासन्युज
काठमाडौं । हिमालयन ट्राभल मार्ट तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ ।
शुक्रबार एक कार्यक्रममा हिमालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले यस्तो कार्यक्रम निरन्तर आयोजना हुनुपर्ने बताएका छन् । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको बताउँदै आगामी संंस्करणको मिति घाेषणा गरेका हुन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दनी लाहे थापाले मार्टमा समापन भएका सम्पूर्ण गतिविधिहरु बारे प्रकाश पारेका छन् । पाटा नेपाल च्याप्टरका अध्यक्षसुनिल शाक्यले हिमालयन ट्राभल मार्टलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिनुपर्ने कुरामा जोड दिएका छन् ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.