केपी ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, आजै सपथ ग्रहण हुँदै

  २०७४ फागुन ३ गते १३:१६     विकासन्युज

काठमाडौं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमालेका अध्यक्ष समेत रहेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र नेकपा माओवादी केन्द्रले बिहीबार बिहान राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो ।

नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । नवनियुत्त प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.