अन्तर बैंक ब्याजदरको सीमा नाघेपछि राष्ट्र बैंकले १० अर्ब बजारमा पठाउदै

<p>काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ पठाउने भएको छ ।अन्तर बैंक ब्याजदर कम भएपछि केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्न रिपोमार्फत मंगलबार बजारमा पैसा पठाउन लागेको हो । बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलताको कमी हुन गएपछि तत्काल तरलतको समस्या समधान गर्न १० अर्ब रुपैयाँ थप रकम [&hellip;]</p>

काठमाडौं । बजारमा लगानीयोग्य पुँजी (तरलता) कम भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार १० अर्ब रुपैयाँ पठाउने भएको छ ।अन्तर बैंक ब्याजदर कम भएपछि केन्द्रीय बैंकले बजारमा हस्तक्षेप गर्न रिपोमार्फत मंगलबार बजारमा पैसा पठाउन लागेको हो ।

बैंकहरुले सरकारी ऋणपत्रमा लगानी गरेपछि तरलताको कमी हुन गएपछि तत्काल तरलतको समस्या समधान गर्न १० अर्ब रुपैयाँ थप रकम बजारमा पठाउन लागेको हो ।
१४ दिन अवधिको रिपोको ब्याज दर ५ प्रतिशत रहेको छ । रिपोको रकम मंसिर २६ गते फिर्ता हुने केन्द्रीय बैंकले जनाएको छ । अहिले बजारमा १६ अर्ब रुपैयाँ हारहारीम तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

 

Share News