काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार मौद्रिक नीति दिउँसो सवा ३ बजे सार्वजनिक गरिनेछ ।
उनका अनुसार मौद्रिक नीति राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारणबाट सार्वजनिक गर्नेछन् । त्यसपछि मौद्रिक नीतिका अन्य विषयमा छलफल गरिनेछ ।
प्रवक्ता पौडेलले ४ बजेपछि राष्ट्र बैंकमा पत्रकार सम्मेलनकाे समेत आयोजना गरिने जानकारी दिए ।