एक वर्ष म्याद काटेका मुद्दा उच्च अदालतमा हुने छैनन् – प्रधानन्यायाधीश

<p>पोखरा । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । आफ्नो सम्मानमा छोरेपाटनस्थित पर्यटकीय एवं धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि उनले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको बताए । उनले भने, “एक वर्ष म्याद [&hellip;]</p>

पोखरा । प्रधानन्यायाधीश गोपाल पराजुलीले छिटोछरितो न्याय सम्पादन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

आफ्नो सम्मानमा छोरेपाटनस्थित पर्यटकीय एवं धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दनपछि उनले कुनै व्यक्ति तारेख लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै कागजी प्रयोग न्यूनीकरणका लागि पनि गृहकार्य भइरहेको बताए । उनले भने, “एक वर्ष म्याद काटेका मुद्दा अब कुनै पनि उच्च अदालतमा हुने छैनन् ”।

सो अवसरमा प्रधानन्यायाधीश पराजुलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्दनपत्रसहित दोसल्लाले सम्मान गरेका थिए । पोखरा लेखनाथ महानगरपालिका-१७ का अध्यक्ष तीर्थराज अधिकारीले धार्मिक एवं पर्यटकीय क्षेत्रको आम्दानीबाट शैक्षिक विकासमा टेवा पुगेको बताए । रासस

Share News