वाइवाइ सिटी भारतमा तिब्र गतिमा फैंलिदै, करिब ३० प्रतिशत हिस्सा ओगट्न सफल

<p>काठमाडौं । भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणा सहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको छ । क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बंगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै [&hellip;]</p>

काठमाडौं । भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणा सहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको छ । क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बंगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गरेका छन् । वाइवाइका पारखीहरूसँग सोसल मिडियामा अन्तक्र्रिया गर्दै उनले भारतका मुख्य शहरहरुमा वाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी दिएका छन् ।

‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौँ जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसका कारण वाइवाइ सिटीको तिब्र विस्तार गर्न हामी दवावमा रहेका छौँ ।’

केही समयअघि भारतको राजधानी नयाँदिल्लीमा वाइवाइ सिटीको उद्घाटन गरिएको थियो । ल्लीकाउपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो । हाल वाइवाइ सिटी भारतको नयाँदिल्ली, नोयडा, पुने र बंगलोर गरि चार शहरमा विस्तार भईसकेको छ ।

वाइवाइ सिटी भारतका प्रमुख शहरहरुमा तिब्र गतिमा विस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिए । ‘हामी सन् २०१७मा एकसयवटा वाइवाइ सिटी स्थापनागर्ने हतारोमा छौँ’, चौधरीले भने, ‘भारतका सबै ठूला शहरहरुमा पहिलो चरणमा वाइवाइ सिटी स्थापना गर्ने हाम्रो लक्ष्य हो ।’

वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धित करिब दुई दर्जन परिकारहरुको स्वाद उपभोक्ताहरुले लिन पाएका छन् । अनुसन्धानका आधारमा नयाँ परिकारहरु थपिदै जानेछन् ।

नेपाली ब्राण्ड वाइवाइ अहिले भारतीय नूडल्स बजारमा तिब्र गतिमा फैलिइरहेको छ । हाल भारतीय नूडल्स बजारमा वाइवाइको हिस्सा करिब ३० प्रतिशत पुगेको छ । ‘भारतीय नूडल्स बजारमाश सक्त ब्राण्ड बन्ने हाम्रो रणनीति सफल भएको छ । अब हामी वाइवाइलाई अर्को चरणमा पुर्याउने तयारीमा छौँ’, अध्यक्ष चौधरीले भने, ‘नेपालमा जन्मिएका ब्राण्डहरू पनि विश्व ब्यापी प्रतिस्पर्धामा अब्बल सावित हुन सम्भव छ भन्ने वाइवाइले प्रमाणित गरेको छ ।

Share News