काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले नयाँ ब्रान्ड अभियान ‘घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार देशव्यापी रूपमा सञ्चालन हुने उक्त अभियान जेठ ११ देखि सुरु हुनेछ ।
चर्चित ब्रान्ड एम्बेसेडर रणवीर सिंह र रश्मिका मन्दानालाई समेटिएको अभियानले आफ्नै घर हुनुको गर्विलो अनुभूति र त्यसमा प्रयोग गरिएका कजारिया टायल्सले दिने आकर्षणलाई प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
अभियानमार्फत विश्वस्तरीय टायल्सको प्रयोगले सामान्य घरलाई समेत स्टाइलिस र आकर्षक बनाउने तथा पाहुनाहरूको ध्यान खिच्ने सन्देश दिइएको छ । प्रिमियम इन्टेरियर रोजाइमार्फत समाजमा प्राप्त हुने पहिचान र प्रशंसालाई अभियानको मुख्य अवधारणाका रूपमा प्रस्तुत गरिएको छ ।
रणवीर सिंहको ऊर्जाशील व्यक्तित्व र रश्मिका मन्दानाको आकर्षक शालीनताको संयोजनमार्फत कजारियाका डिजाइनहरूले नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता प्रदान गर्ने सन्देश दिइएको कम्पनीले जनाएको छ ।
अभियान सार्वजनिक कार्यक्रममा कम्पनीका प्रवक्ताले ‘घर व्यक्तिको सफलता र अभिरुचिको प्रतिबिम्ब हुने’ उल्लेख गर्दै नयाँ अभियानले घरमा आउने पाहुनाहरूले फ्लोर र वालको सौन्दर्य देखेर प्रशंसा गर्ने क्षणलाई समेटेको बताए । साथै, अन्तर्राष्ट्रिय स्तरको विलासिता नेपाली घरसम्म पुर्याउने प्रतिबद्धता दोहोर्याइएको छ ।