एनबी इन्सुरेन्स कम्पनीको नयाँ शाखा ललितपुरको जावलाखेलमा संचालन

<p>काठमाडौं । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् । शाखाको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न [&hellip;]</p>

काठमाडौं । एनबी इन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९औं शाखा ललितपुरकोे जावलाखेलमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् ।

शाखाको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाब दिएका छन् ।

यस नयाँ शाखा सहित कम्पनीले १९ वटा शाखा, ४ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । हालै १ शेयर बराबर १ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैयाँ पुग्ने कम्पनीले बताएको छ ।

Share News