काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई दिने बार्षिक योजना तर्जुमा गोष्ठि २०७४ सम्पन गरेको छ । काठमाडौं सम्पन भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले कार्यक्रमको उद्धेश्यको बारेमा जानकारी दिएका थिए ।

बिहीबार र शुक्रबार २ दिनसम्म गरिएको कार्यक्रममा संस्थाका विभागिय प्रमुखहरु प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा र दिपेन्द्र खनालले क्रमशः आ.व. २०७४/०७५ को योजना र बजेट, शाखा प्रमुखहरुको भुमिका र व्यक्तित्व बिकास, कर्जा ब्यवस्थापन, कार्य संचालन ब्यवस्थापन आदीका बारेमा प्रस्तुति गरेका थिए । सो कार्यक्रममा २८ वटा शाखा कार्यालयका प्रबन्धकहरुको उपस्थिति थियो ।