काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवाले अदालतको मानहानी गरेको सम्बन्धी मुद्दाको पेशी असार ५ गतेका लागि तोकिएको छ । प्रहरी महानिरिक्षक नियुक्त प्रकरणमा नेपाली काँग्रेस र त्यसका सभापति शेर बहादुर देउवाले अदालतको अवहेलना गरेको आरोपमा सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । अधिवक्त हरिप्रसाद मैनालीले काँग्रेस र देउवाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
‘जेठ १९ गते तारिख थियो अब असार ५ गतेका लागि पेशी तोकिएको छ’, देउवा विरुद्ध अवहेलना मुद्धा दायर गरेका अधिवक्ता मैनालीले भने । अदालतको मानहानी भएको प्रमाणित भएमा एक लाख जरिवाना र एक बर्षसम्म कैद हुने व्यवस्था रहेको छ । प्रहरी महानिरिक्षक नियुक्ती प्रकरणमा अदालतले कार्यपालिकाको क्षेत्राधिकार मिचेको निर्णय काँग्रेस केन्द्रिय समितिले गरेको थियो ।
अधिवक्ता मैनालीले सोही आधारमा अदालतको अवहेलना भएको भन्दै सर्वाेच्चमा मुद्दा हालेका थिए ।