काठमाडौं । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड १८ लाख ६२ हजार कित्ता सेयर सूचिकृत भएको छ । बैंक अफ काठमाण्डूसहित तीन वटा संस्थाको बोनस र हकप्रद सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
बैंक अफ काठमाण्डौंको १ करोड ५ लाख २६ हजार ८५० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै, रिलाएन्स फाइनान्स लिमिटेडको ६ लाख ६८ हजार ५७१ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।
त्यस्तै एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको ६ लाख ६७ हजार कित्ता सेयर सूचिकृत भएको छ । यो संस्थाको बोनस सेयर १ लाख १५ हजार कित्ता र हकप्रद सेयर ५ लाख ५२ हजार कित्ता सूचिकृत भएको हो ।
सेयर सूचिकरणसँगै कम्पनीहरुले सेयरधनीको डिम्याट खातामा सेयर पठाउन थालेका छन् ।