१०.७ मेगावाटको अपरसानीगाड हाइड्रो निर्माण गरिँदै, चार बैंकले लगानी गर्ने

<p>काठमाडौं । बझाङ जिल्लामा निर्माण गरिन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आइतबार फाइनान्सियल क्लोजर सम्पन्न भएको हो । परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् । लिड बैंक सिभिल बैंकको [&hellip;]</p>

काठमाडौं । बझाङ जिल्लामा निर्माण गरिन लागेको १०.७ मेगावाट क्षमताको अपर सानीगाड हाइड्रो इलेक्ट्रिक प्रोजेक्टको फाइनान्सिल क्लोजर सम्पन्न भएको छ । बुङ्गल हाइड्रो प्रालिले निर्माण गर्न लागेको परियोजनाको आइतबार फाइनान्सियल क्लोजर सम्पन्न भएको हो । परियोजनामा सिभिल बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र लक्ष्मी बैंकले ऋण लगानी गर्दैछन् । लिड बैंक सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारि अधिकृत गोबिन्द गुरुङ र बुङगल हाईडो प्रा लि को तर्फबाट उमेश श्रेष्ठले ऋण समझदारि पत्रमा हस्ताक्षर गरेका छन् ।

परियोजनाको कुल लगानी एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ रहेको छ । यसमध्ये बैंकको ७५ प्रतिशत (एक अर्ब ३६ करोड) र निर्माण कम्पनीको २५ प्रतिशत (४५ करोड) लगानी हुनेछ । सन् २०१९ सेप्टेम्बर १५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । परियोजनाको ट्रान्समिसन लाइन कम्पनीले आफै निर्माण गरेर चमेलियामा लगेर जोड्ने भएकोले ट्रन्समिसन लाइनको कुनै समस्या नरहने कम्पनीले जनाएको छ ।

परियोजनामा उमेश श्रेष्ठ, शिवप्रसाद घिमिरे, खगेश्वर बोहोरा, तीर्थ चटौत, राजेश श्रेष्ठ र बिरेन्द्र मल्ल मुख्य लगानीकर्ता रहेका छन् । परियोजनाको साइडको काम सुरु भइसकेको र कन्स्ट्रक्सनको काम पनि छिट्टै सुरु हुने कम्पनीले जानकारी गराएको छ । परियोजनाको डिजाइन एञ्जल इञ्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो ।
यो समूहले बझाङमै कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (१५.३३ मेगावाट) र अपर कालङ्गा हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट (३८.४६ मेगावाट) निर्माण गरिरहेको छ । तीनवटा परियोजनामा कुल लगानी करीव ११ अर्ब रुपैयाँ हुने कम्पनीले जनाएको छ । यसमा आठ अर्ब बैंक र बाँकी निर्माण कम्पनीको लगानी हुनेछ । तीनवटा परियोजनामा १५ बैंक आवद्ध रहेका छन् ।

Share News