धुर्मुस-सुन्तलीले पाँच अर्बमा ‘नमुना नेपाल’ बनाउने(भिडियोसहित)

<p>काठमाडौं । तीन वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकार धुर्मुस सुन्तलीले पाँच अर्बको महत्वकांक्षी नमुना नेपाल निर्माण गर्ने भएका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार राजधानीमा पत्रकार सम्मेलन मार्फत ७५ वटै जिल्लाका जोखिममा परेका परिवारलाई समेटेर नमुना नेपाल(भिडियो) परियोजना निर्माण गर्न लागेको जानकारी दिएका हुन् । उनीहरुले काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ वा मकवानपुरमा पाँच सय [&hellip;]</p>

काठमाडौं । तीन वटा एकिकृत नमुना बस्ती निर्माण गरिसकेका कलाकार धुर्मुस सुन्तलीले पाँच अर्बको महत्वकांक्षी नमुना नेपाल निर्माण गर्ने भएका छन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले सोमबार राजधानीमा पत्रकार सम्मेलन मार्फत ७५ वटै जिल्लाका जोखिममा परेका परिवारलाई समेटेर नमुना नेपाल(भिडियो) परियोजना निर्माण गर्न लागेको जानकारी दिएका हुन् ।

उनीहरुले काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ वा मकवानपुरमा पाँच सय देखि एक हजार रोपनी क्षेत्रफलमा हिमाल, पहाड र तराईको बिशेषता झल्किने एकिकृत नमुना नेपाल निर्माण गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

उनीहरुले निर्माण गर्ने नमुना नेपालमा हिन्दु, मुस्लिम, इसाई, बौद्धमार्गी लगायत सबै धर्मावलम्बीहरुको धार्मिकस्थल निर्माण गरिनेछ । सका अलवा हिमाली, पहाड र तराईका लागि छुट्टा छुट्टै क्लस्टरमा बस्ती विकास तथा रहनसहन अनुसारको सांस्कृतिक संरचनाको निर्माण गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताए । हिमाली बस्तीमा हिमालको आभाष पाइनेछ भने पहाडी बस्तीमा पहाड र तराईको बस्ती सोही अनुभूति प्राप्त हुने कट्टेलले बताए ।

नमुना नेपालमा सुरुङमार्ग, मीनी रेल, संग्रहालय, धरहरा भ्यु टावर, खेल मैदान, विद्यालय, सामुदायीक भवन, स्वास्थ्य केन्द्र लगायतका संरचना निर्माण हुनेछ । नमुना बस्तीमा ब्राम्हण, क्षेत्री, राइ, लिम्बु, शेर्पा, मुस्लिम, डोम, थारु, मधेशी, मेचे, राउटे, चेपाङ लगायतका सबै जातजातिलाई राखिने फाउण्डेसनका अध्यक्ष कट्टेलले बताए ।

‘७५ वटै जिल्लाका पिडितहरु समेटिने गरि १२५ वटै जातिलाई नमुना नेपालमा राखिनेछ, सबै जातजातिको सांस्कृतिक प्रतिनिधित्व गराउँछौं जहाँ भुगोल पनि सोही ढंगले प्रतिनिधित्व हुनेछ’, कट्टेलले भने ।

लम्किए सहयोग हातहरु
पत्रकार सम्मेलनमा सहभागी भएका अल्का अस्पतालका अध्यक्ष कुमार थापाले नमुना नेपाल निर्माणका लागि २५ लाख रुपैंयाँ सहयोग गर्ने घोषणा गरे । त्यस्तै, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरत ढकालले नमुना नेपाल निर्माणका लागि १० लाख सहयोग गर्ने घोषणा गरे ।

त्यस्तै, सिटी एक्सप्रेस मनि ट्रान्सफर प्रालीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले आफुहरु नमुना नेपाल परियोजनाका लागि ब्याक बोन(मेरुदण्ड)का रुपमा खडा हुने बताए । उनले रकमको अभाव हुने वित्तिकै आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरे ।
पत्रकार सम्मेलनमा उपस्थित भएका भूमिसुधार मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले जमिन उपलब्ध गराउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Share News