तारर्केश्वर । तारर्केश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नेकपा (एमाले) दोस्रो र नेकपा(माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् ।
पाँच बजेसम्म भएको मतगणनामा नेपाली काँग्रेसका प्रमुखले ९४ र उपप्रमुखले ९२ मत ल्याएका छन् भने एमालेले प्रमुखमा ८६ र उपप्रमुखमा ९० मत ल्याएको छ ।
तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत निर्मला योङयाले दिएको जानकारीअनुसार माआवादी केन्द्रबाट प्रमुखका उम्मेदवारले ५७ र उपप्रमुखले ५२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुखमा १७ मत प्राप्त गरेका छन् ।
कुल २९ हजार ५०० मतदाता रहेको तोर्केश्वरमा ८० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । रासस