मेलम्ची नगरपालिका– १ मा एमाले विजयी, मेयरमा पनि एमालेकै अग्रता

<p>मेलम्ची, । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले) का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ । यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र) का [&hellip;]</p>

मेलम्ची, । मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले) का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी भएका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र) का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरे ।

यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । रासस

Share News