नुवाकोटमा मतगणना जारी,नगरपालिकामा एमाले अगाडि

<p>त्रिशूली । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा (एमाले)  का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले [&hellip;]</p>

त्रिशूली । नुवाकोटमा दुई स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ ।

विदुर नगरपालिकाको वडा नं १ को मतगणना जारी छ । २८७ मत गनिएकोमा नेकपा (एमाले)  का प्रमुखका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार धु्रव अधिकारीले १०७ मत ल्याउनुभएको छ । नेकपा (माओवादी केन्द्र)मा प्रमुखका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याएका छन् ।

त्यसैगरी नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेस अगाडि देखिएको छ । अहिलेसम्म ८२३ मत गनिएकोमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा (माओवादी केन्द्र)का अध्यक्षका उम्मेदवार मानसिंह तामाङले १५४ मत प्राप्त गरेका छन् । रासस

Share News