डेब्यूमै ‘म्यान अफ दि इलेक्सन’

बुवा बाहिरिए, छोरा भित्रिए

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । बुधबार भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएर विजेताले प्रमाणपत्र पनि प्राप्त गरिसकेका छन् । महासंघको विधानअनुसार अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बनेका छन् । 

एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, वस्तुगतमा नरेशलाल श्रेष्ठ र जिल्लानगरमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । 

निर्वाचन समितिले उपलब्ध गराएको विवरणअनुसार कुल ६९ जना निर्वाचित भएका छन् । एसोसिएटतर्फ १७ जना, जिल्लानगर तर्फ १५ जना, वस्तुगततर्फ १३ जना र प्रत्येक प्रदेशबाट दुई जना गरी १४ जना निर्वाचित भएका हुन् । 

महासंघको विधान अनुसार प्रत्येक क्षेत्रबाट जना महिला सदस्य, वस्तुगत महासंघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, संस्थापन सदस्य समूहबाट एक जना गरी कुल ६९ जना निर्वाचित भएका छन् । 

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार सचिन ढकाल म्यान अफ दि इलेक्सन बनेका छन् । उनी एसोसिएटतर्फबाट कार्यकारिणी सदस्यमा विजयी भएका हुन् । उनले कुल १३ सय १८ मत प्राप्त गरेका छन् । उनले आइएमई ग्रुपबाट प्रतिनिधित्व गरेका हुन् । उनी निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् । 

उनी स्पोर्टस् व्यवसायमा आवद्ध छन् । फुटबल चितवन क्लब (एफसी चितवन)को अध्यक्ष समेत रहेका ढकाल खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय पनि आवद्ध छन् । ढकालको व्यवस्थापनमा बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा छ । महासंघको एसोसिटतर्फबाट निर्वाचित सदस्यमा ढकाल सबैभन्दा कान्छा उम्मेदवार पनि हुन् । 

उद्योगी व्यवसायीहरूको निर्वाचन उनका लागि डेब्यू अर्थात् पहिलो हो । डेब्यूमै उनले उत्कृष्ट नतिजा हात पारेका छन् । उनका बुवा चन्द्रप्रसाद ढकाल महासंघको राजनीतिबाट बाहिरिएसँगै छोरा सचिनको प्रवेश भएको छ । अब सचिनले उद्योग व्यवसायसँगै महासंघभित्रको राजनीतिमा पनि एक खेलाडीका रुपमा उदाउनेछन् । 

उनीपछि सर्वाधिक मत पाउने उम्मेदवार अम्बिका पौडेल बनेका छन् । उनले ११ सय ८३ मत पाए । 

कसले कति मत पाए ?

Share News