काठमाडौं । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सोमबार ३५० कम्पनीको ८५ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिीनिङको भएको छ । रिलाइन्सको १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सोलु हाइड्रोको ११ करोड, साहस ऊर्जाको १० करोड, रिडि पावरको ९ करोड र एक्सएल डेभलपमेन्टको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
सोमबार नेप्सेमा सबै उपसूचक घटेका छन् । बैंकिङदेखि बीमा, जलविद्युत् र उत्पादन समूहसम्म सबै क्षेत्र राताम्मे बनेका छन् । जलविद्युत् उपसूचक सबैभन्दा धेरै १.१९ प्रतिशत घटेर ३,६८१.४४ बिन्दुमा झरेको छ । निर्जीवन बीमा उपसूचक १.१२ प्रतिशत घट्दा जीवन बीमा उपसूचक पनि ०.८१ प्रतिशत ओरालो लागेको छ ।
बैंकिङ उपसूचक ०.६७ प्रतिशत घटेर १,४३७.६६ बिन्दुमा कायम भएको छ । विकास बैंक उपसूचक ०.४७ प्रतिशत, वित्त उपसूचक ०.८० प्रतिशत र लघुवित्त उपसूचक ०.५३ प्रतिशतले घटेका छन् ।
उत्पादन तथा प्रशोधन उपसूचक ०.४६ प्रतिशत, अन्य उपसूचक ०.७८ प्रतिशत, म्युचुअल फन्ड उपसूचक ०.८० प्रतिशत र ट्रेडिङ उपसूचक ०.५० प्रतिशतले गिरावट बेहोरेका छन् ।
यस्तै, होटल तथा पर्यटन उपसूचक सामान्य ०.०१ प्रतिशतले घट्दा लगानी उपसूचक ०.४१ प्रतिशतले ओरालो लागेको छ ।