प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२ प्रतिशतका दरले लाभांश वितरण गर्ने

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालनमा रहेका दुई बन्दमुखी योजनाका इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि १२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई सूचना पठाउँदै सञ्चालक समितिको भदौ ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको हो ।

बैठकले प्रभु सेलेक्ट फण्डका लागि १२ प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि १२ प्रतिशत समान नगद लाभांश (कर सहित) घोषणा गरेको हो । 

प्रभु बैंक लिमिटेड प्रवर्द्धक रहेको प्रभु म्युचुअल फन्डअन्तर्गत यी दुवै योजना प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको छ ।

लाभांश वितरणसम्बन्धी थप प्रक्रिया, बुक क्लोज मिति र भुक्तानीको समय तालिका सम्बन्धित नियामक निकायको स्वीकृतिपछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

Share News