काठमाडौं । चीनको बेइजिङमा आयोजित दोस्रो ‘विश्व ह्युमनोइड रोबोट गेम्स’ को प्रारम्भिक चरणमा एक रोबोटले ४०० मिटर दौडको मानव विश्व कीर्तिमानलाई उछिनेको छ । ‘तिआनगोङ अल्ट्रा’ नामक ह्युमनोइड रोबोटले ४०० मिटरको निर्धारित दूरी मात्र ३९।७० सेकेण्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरेको हो ।
यो समय पुरुषतर्फको ४०० मिटर दौडमा कायम रहेको मानव विश्व कीर्तिमान ९४३।०३ सेकेन्ड० भन्दा निकै कम हो । उक्त प्रतियोगितामा सहभागी अन्य रोबोटहरूलाई पछि पार्दै तिआनगोङ अल्ट्राले सो सफलता प्राप्त गरेको हो । ह्युमनोइड रोबोटको यस गतिले प्रविधिको क्षेत्रमा नयाँ आयाम थपेको ठानिएको छ ।