शुभमन गिलले टेस्ट क्रिकेटमा पूरा गरे ३ हजार रन

काठमाडौं । भारतीय टेस्ट टोलीका कप्तान शुभमन गिलले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा ठूलो उपलब्धि हासिल गर्दै टेस्ट क्रिकेटमा ३ हजार रन पूरा गरेका छन् ।

यो खेलअघि गिलको नाममा २ हजार ९ सय ९३ रन थियो । उक्त उपलब्धि हासिल गर्न उनलाई केवल ७ रन आवश्यक थियो । 

उनले आफ्नो ४३औं टेस्ट खेलमा ३ हजार रनको आँकडा पार गरेका हुन् ।

२६ वर्षीय गिलले टेस्ट करियरमा हालसम्म ११ शतक र ८ अर्धशतक प्रहार गरेका छन् । 

टेस्टमा उनको सर्वाधिक व्यक्तिगत स्कोर २६९ रन रहेको छ ।

भारत दुई खेलको टेस्ट सिरिजमा १-० ले अगाडि छ । अब भारतीय टोलीको लक्ष्य श्रीलंकाविरुद्ध सिरिज क्लिन स्वीप गर्ने रहेको छ ।

पहिलो टेस्टमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंकालाई १६५ रनले पराजित गरेको थियो ।

Share News