सुनको भाउ बढ्ने क्रम जारी, तोलामा ३ हजार ३ सय महँगियो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढी ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढेर ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

Share News