मञ्जुश्री फाइनान्स र अल्फा केयरबीच स्वास्थ्य सेवामा सहकार्यका लागि सम्झौता

काठमाडौं । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच विस्तार गर्ने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स लिमिटेड र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा औपचारिक हस्ताक्षर भएको छ । 

वित्तीय र स्वास्थ्य क्षेत्रका यी दुई प्रतिष्ठित संस्थाबीच भएको यस सहकार्यले सेवाग्राहीलाई प्रभावकारी, अर्थपूर्ण र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै आगामी दिनमा नयाँ तथा उपयोगी योजनाहरू अघि बढाउन टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यस सम्झौतालाई दुवै संस्थाले आफ्नो सहकार्यको महत्त्वपूर्ण सुरुवातका रूपमा लिएका छन् । आगामी दिनहरूमा संयुक्त पहलमार्फत स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखिएको छ । 

“स्वस्थ र उज्ज्वल भविष्य निर्माणका लागि सँगसँगै अघि बढ्ने“ साझा प्रतिबद्धता व्यक्त गर्दै दुवै पक्षले गुणस्तरीय स्वास्थ्य सेवालाई आम नागरिकका लागि थप पहुँचयोग्य बनाउने बताएका छन् । 

Share News