कुमारी क्यापिटलको १२.२५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई १२.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १२.२५ प्रतिशतका दरले करसहित ४ करोड ९० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्नका लागि कम्पनीले भदौ २४ गते कुमारी क्यापिटलको केन्द्रीय कार्यालय नागपोखरी काठमाडौंमा साँझ साढे ५ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षण समितिको सिफारिसअनुसार लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

Share News