अब एम्बुलेन्स र शव वाहनमा कर छुट

काठमाडौं । सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँगै विद्युतीय एम्बुलेन्स तथा शव वाहन आयात वा उत्पादन गर्दा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र भ्याटमा पूर्ण छुट हुनेछ। निर्णयले स्वास्थ्य तथा सामाजिक सेवाका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

Share News