एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई ललितपुर महानगरको सम्मान

काठमाडौं । ललितपुर महानगरपालिकाले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याउने महानगरभित्रका विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । 

महानगर प्रमुख चिरीबाबु महर्जनले ८२ जना विद्यार्थीलाई सम्मान स्वरूप नगद प्रदान गरेका हुन् ।

नगदसहित सम्मानित हुने विद्यार्थीहरूमा सामुदायिकबाट ७ र संस्थागत तर्फबाट ७५ जना रहेका छन् ।

सम्मानित हुने सामुदायिक विद्यालयले चार लाख प्राप्त गरेको छ भने सम्मानित विद्यार्थीले जनही दुई लाख प्राप्त गरेका छन् । 

null

त्यस्तै, संस्थागत विद्यालयका विद्यार्थीले जनही २ लाख रूपैयाँ प्राप्त गरेका छन् भने विद्यालयले सम्मान स्वरूप प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा सामुदायिकबाट ४ र संस्थागतबाट २३ विद्यालयलाई सम्मान गरेको छ ।

संस्थागतबाट जेम्स स्कुलका सबैभन्दा धेरै १७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । त्यस्तै,  सेन्ट जेभियर्स माविका ८ जनाले ४ जिपिए ल्याएका छन् । 

४ जीपिए ल्याउने संस्थागत विद्यालयहरूमा  रातो बङ्गला, ओमेगा इन्टरनेशनल, लिटिल एन्जल्स, आदर्श विद्या मन्दिरलगायत छन् । 

सम्मानित हुनेमा सामुदायिक विद्यालयहरूमा  श्री आदर्श शौल युवक माध्यमिक विद्यालय, श्री त्री पदमा विद्याश्रम माध्यमिक विद्यालय, श्री प्रभात माध्यमिक विद्यालय, श्री महेन्द्र भृकुटी माध्यमिक विद्यालय रहेका छन् ।

सामुदायिक विद्यालयबाट ३.९५ जीपीए ल्याएपनि उनीहरूलाई ४ जीपीएसरह सम्मान गरेको महानगरले जनाएको छ । 

विद्यालय र विद्यार्थीले सम्मान गदै  महानगरका प्रमुख महर्जनले विद्यार्थी र विद्यालयलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

एसईईमा ४ जीपीए ल्याउने विद्यालय

null

Share News