सपोर्ट लघुवित्तको नाफामा १८१ प्रतिशत उछाल, लाभांश क्षमता ५०.७८ प्रतिशत

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १८१.३६ प्रतिशत बढेर ७ करोड ६१ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष  २०८१/८२ मा लघुवित्तले २ करोड ७० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेर १८ करोड ४९ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष लघुवित्तले १३ करोड ६४ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत बढेर २१ करोड ४१ लाख ५३ हजार रुपैयाँ र सञ्चालन नाफा १३४.२५ प्रतिशत बढेर १० करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ । 

लघुवित्तको वितरणयोग्य नाफा ६ करोड ७० लाख ७८ हजार रुपैयाँ रहेको छ । यस आधारमा लघुवित्तको वितरणयोग्य लाभांश ५०.७८ प्रतिशत रहेको छ । 

१३ करोड ४० लाख ५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड २८ लाख ७० हजार रुपैयाँ रहेको छ । 

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । लघुवित्तको यस्तो आम्दानी २२.११ रुपैयाँबाट बढेर ५६.८२ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५.१३ रुपैयाँ रहेको छ ।

लघुवित्तको खराब कर्जा अघिल्लो वर्ष ५.७६ प्रतिशत रहेकोमा गत वर्ष घटेर २.१६ प्रतिशतमा झारेको छ । 

गत असार मसान्तसम्म लघुवित्तको निक्षेप तथा ऋण सापटी २९.५० प्रतिशत बढेर ५९ करोड ७७ लाख ५६ हजार रुपैयाँ र कर्जा लगानी १५.७० प्रतिशत बढेर २ अर्ब २० करोड ६८ लाख रुपैयाँ प्रवाह गरेको छ।  

Share News