काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घबहादुर अर्यालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
अर्यालले साउन १८ गते दिएको राजीनामा सञ्चालक समितिको साउन २१ गते बसेको २४३औँ बैठकले स्वीकृत गरेको हो ।
सीईओको राजीनामा स्वीकृत भएसँगै अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद आचार्यलाई कामु (कायममुकायम) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
आचार्यले साउन २१ गतेदेखि नै लागू हुने गरी कामु सीइओको कार्यभार सम्हाल्ने संस्थाले जनाएको छ ।