काठमाडौं । माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालित एमबीएल इक्विटी फण्डले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना इकाईधनीलाई करसहित ८ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ ।
क्यापिटलको सञ्चालक समितिको बैठकले फण्डका इकाईधनीलाई करसहित ८ प्रतिशत अर्थात् करिब ९ करोड ७३ लाख रुपैयाँ नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिफल वितरणका लागि फण्डले भदौ २ गते एक दिनका लागि इकाईधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसैले भदौ १ गतेसम्म कायम रहेका वा सोही मितिसम्म इकाई खरिद गरेका लगानीकर्ता मात्र उक्त प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
एमबीएल इक्विटी फण्ड, माछापुच्छ्रे बैंक प्रवर्द्धक तथा माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना हो । फण्डको आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न भएपछि सञ्चालक समितिले उक्त प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाएको छ ।