मानवअधिकारकर्मी हुँ भन्दै गर्ने अवस्थी पक्राउ

काठमाडौं । रियल स्टेट व्यवसायी तथा मानवअधिकारकर्मी भनेर ठगी गर्ने बैकिङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । 

घरजग्गा मिलाइदिने प्रलोभनमा पारेर १६ लाख ठगी गर्ने काठमाडौं महानगरपालिका ७ बस्ने हेमराज अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । 

विभिन्न समयमा व्यक्तिहरूलाई १ करोड १४ लाख भन्दा बढी बराबरको खातामा रकम नभएको चेक जारी गरेका र बैंकिङ कसूर मुद्दामासमेत फरार रहेका डोटी, आदर्श गाउँपालिका ४ अवस्थीलाई पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहदादुर थापाले जानकारी दिए । 

उनका अनुसार काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
 

Share News