निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो

काठमाडौं । ब्रड पिक हिमालमा हिमपहिरोमा परेर ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित चार जनाको शव बेसक्याम्प ल्याइएको छ।

एलिट एक्स्पेडले बुधबार सार्वजनिक गरेको आधिकारिक वक्तव्यअनुसार निर्मल पुर्जासँगै चिनियाँ आरोही झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव अत्यन्त कठिन खोजपछि बेसक्याम्पमा ल्याइएको हो । अभियानमा पाकिस्तानी पर्वतारोही सिर्बज खान लगायतको टोली सहभागी थियो। जसको नेतृत्त्व मिङ्गमा डेबिटले गरेका थिए ।

वक्तव्यमा अत्यन्त जोखिमपूर्ण परिस्थितिमा उद्धार सम्पन्न गरेको भन्दै टोलीको साहस, व्यावसायिकता र समर्पणप्रति कृतज्ञता व्यक्त गरिएको उल्लेख छ ।

उद्धार कार्यमा सहयोग पुर्याएको भन्दै पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सबै निकायप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।

केही दिनअघि पाकिस्तानको ब्रड पिक आरोहणकको क्रममा परेर निम्सदाइसहित दश जनाको मृत्यु भएको थियो ।

पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको सूचीअनुसार बेपत्ता हुनेमा ओमानकी नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ, अमेरिकाकी मालोरी गाइस तथा नेपालका निर्मल पुर्जा ‘निम्स दाइ’, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका थिए ।

Share News