सुनसरी र सिरहाका मृतक परिवारलाई सरकारले राहत तथा क्षतिपूर्ति दिने

काठमाडौं । सरकारले सुनसरी र सिरहाका मृतक परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

साथै घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

मधेशमा हालै भएको घटनामा ४ जनाको मृत्यु भएको छ ।

Share News