काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले घटेर २६६३ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ५८ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
एभरेष्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
मंगलबार ३४३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार खानीखोला हाइड्रोपावरको भएको छ । खानीखोलाको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सिद्धार्थ बैंकको १६ करोड, सेन्ट्रल फाइनान्सको १४ करोड र रिडि पावरको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।