नेप्सेमा थपियो नेपाल लाइफको ४५ लाखभन्दा बढी बोनस सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) को ४५ लाख १४ हजार ३८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीको ४५,१४,३८१.६० कित्ता बोनस सेयर सूचीकरण गरिएको हो । सूचीकरण भएसँगै सम्बन्धित बोनस सेयर हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले दोस्रो बजारमा खरिद–बिक्री गर्न सक्नेछन् ।

उक्त बोनस सेयर कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गरेको बोनस सेयरअन्तर्गत नेप्सेमा सूचीकृत भएको हो ।

Share News