काठमाडौं । उद्योगी तथा व्यवसायी बेनी गोपाल मुन्दराको घरमा प्रहरीले छापा मारेको छ । मोरङको विराटनगर महानगरपालिका–७ स्थित उनको निवासमा सोमबार (आज) बिहान प्रहरीले छापा मारेको हो ।
घरमा गैरकानुनी वस्तुहरू लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेको मोरङ जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता महेन्द्रकुमार मिश्रले जानकारी दिए ।
यद्यपि रीतपूर्वक खानतलासी गर्दासमेत प्रहरीले सूचना बमोजिमको गैर कानुनी सामानहरू फेला पर्न भने सकेन।
प्रहरीले मुन्दरामाथि थप अनुसन्धान जारी राखेको मिश्रको बताए ।