साताभर नेप्से १५.७८ अंकले घट्यो, कारोबार २१ अर्ब रुपैयाँ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताभर १५.७८ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २७०१.३२ अंकमा रहेको नेप्से यो साता २६८५.५४ अंकमा झरेर कारोबार बन्द भएको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से ३३.२८ अंकले घटेको थियो । त्यसपछि मंगलबार ४.६४ अंक र बुधबार ७.७९ अंकले घट्यो । बिहीबार पनि १६.२९ अंकको गिरावट आयो ।

शुक्रबार भने बजारमा सामान्य सुधार देखियो । शुक्रबार नेप्से १२.९६ अंकले बढे पनि साताभरको समग्र नतिजा भने नकारात्मक रह्यो ।

साताभर नेप्सेमा २१ अर्ब १९ करोड ६१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पाँच दिनमा ४ करोड ५९ लाख १ हजार ५२६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा बढी ५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । शुक्रबार सबैभन्दा कम ३ अर्ब ६८ करोड रुपैयाँको कारोबार भएको छ ।

Share News