सिद्धार्थ बैंकका ग्राहकलाई बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बैंकका अनुसार यो सहकार्यले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

यस सम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

Share News