शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ । बुधबार (आज)  अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

चौतर्फी विरोध भएसँगै सरकारले समता शुल्क खारेज गरेको हो ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । 

शुल्क लागू भएपछि विभिन्न क्षेत्रबाट व्यापक गुनासो आएपछि सरकारले त्यसबारे पुनर्विचार थालेको थियो ।

यसैक्रममा सोमबार प्रधानमन्त्री र अर्थमन्त्रीबीच शुल्कको विषयमा लामो छलफल भएको थियो । त्यसपछि मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले समता शुल्क हटाउने प्रक्रिया अघि बढाइने घोषणा गरेका थिए ।

आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा दफा १८ को उपदफा (१) बमोजिम पूर्ण छुट दिने निर्णय गरिएको हो ।

Share News