भूमिहीन र सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया अघि बढ्यो, ३५ दिने आवेदन आह्वान

काठमाडौं । राष्ट्रिय भूमि समस्या समाधान समितिले सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउँदै ३५ दिने सूचना जारी गरेको छ ।

समितिले सोमबार (आज) सूचना जारी गर्दै जग्गा प्राप्त गर्न इच्छुक योग्य व्यक्तिहरूलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको हो । 

आवेदन सम्बन्धित स्थानीय तहका वडामा खटिएका लगत संकलकमार्फत बुझाउनुपर्ने समितिले जनाएको छ ।

समितिका अनुसार यसअघि लगत सङ्कलनका लागि दुई पटक सूचना प्रकाशित भइसकेका स्थानीय तहमा भने यो आवेदन आह्वान अन्तिम पटक हुनेछ । 

तोकिएको अवधिभित्र आवेदन नदिए त्यसपछि थप अवसर नदिइने संकेतसमेत समितिले गरेको छ ।

समितिले वास्तविक भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई कानुनबमोजिम जग्गा उपलब्ध गराउने उद्देश्यले आवेदन प्रक्रिया अघि बढाइएको जनाएको छ । 

त्यसका लागि सम्बन्धित स्थानीय तहमा आवश्यक कागजातसहित समयमै आवेदन दिन पनि आग्रह गरिएको छ ।

nullnull

Share News