काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बसन्तराज राउत नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको असार ३२ गते बसेको बैठकले राउतलाई साउन १ गतेदेखि लागू हुने गरी सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार व्यवस्थापनलाई अझ प्रभावकारी, उत्तरदायी तथा व्यावसायिक बनाउने उद्देश्यले राउतलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
उनले साउन १ गतेदेखि कम्पनीको कार्यकारी नेतृत्व सम्हाल्नेछन् ।